सराई शाखाद्धारा वित्तिय साक्षरता डिजिटल बैकिङ सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन

कर्णाली अनलाइन १८ मंसिर २०७८, शनिबार ०८:४८

पाल्पा। ग्लोबल आई.एम.ई बैंक सराई शाखाद्धारा माथागढी गाउँपालिका-३ कसेनीमा वित्तीय साक्षरता डिजिटल बैकिङ सम्बन्धि अन्तक्रिर्या कार्यक्रम शुक्रबार सम्पन गरेको छ ।बैंकको विषयमा चर्चागदैँ कार्यालयका प्रमुख सागर बहादुर सिंले भने नेपालकै वित्तीय बैंक हरुमध्ये सबैभन्दा ठूलो रहेको र नेपाल सरकार बाट ‘क’ वर्गको कर्मसियल बैंकका रुपमा विस्तार भएको हाल नेपालका ७६ जिल्लामा सेवा प्रवाह गरेको ,२८७ वटा शाखा २५२ वटा एटीएम ,२६३ वटा शाखारहित बैकिङ सेवा दिदै आएको र ४८ वटा एक्टेन्शन काउन्टर सञ्चालन आउनुका साथै बिदेशका ३ वटा देशबाट समेत सेवा दिई रहको जानकारी गराए ।

उक्त कार्यक्रममा डिजिटल बैंकिङ्क र कार्डको प्रयोगलाई कसरी जनतामाझ अझै प्रभावकारीताका लिन सकिन्छ र हाल यसले जनतामा पुगेको सुविधाको बारेमा अपरेसन म्यानेजर रुपेश शर्माले जानकारी गराएका थिए। डिजिटल बैंकिङ्क सेवाले बैक सम्म पुग्नु पर्ने र घण्टौँ लाइममा वसेर समय खेर फाल्नु नपर्ने सम्पुर्ण वैकिङ समस्या बाट छुटकारा लिएर सबै काम मोबाइलबाटै गर्न सकिने र दैनिक २ लाखको कारोबार समेत मोबाइलबाटै गर्न सकिने समेत जानकारी गराएका थिए ।

प्रदेश शाखाका सागर बास्तोलाले समेत बैंकले गरेको कार्यको बारेमा जानकारी गरेका थिए ।कार्यक्रममा सहभागी साथै ग्राहकहरुका तर्फबाट राजन प्रसाद अधिकारी र गोविन्द भण्डारीले बैंकिङ सुविधा प्रयोग गर्दा आउने समस्याको बारेमा जानकारी लिनका लागि विविध प्रश्नहरु राखेका थिए । साथै सबै ग्राहकको माग अनुरुप सेवा प्रवाह गरेकोमा सबैले बैंकलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रमकै अवरसमा बैंकले दिएको सेवा प्रवाहको समिक्षात्मक टिपोट समेत उठाईएको थियो ।त्यसैगरी सराई शाखाका शाखा प्रबन्धक तेजनारायण न्यौपानेले सराइमा बसेर आफ्नो टिमबाट गरिएका सेवा प्रवाह साथै सुरुवात त्रीवेणी बैंक विस्तार ,जनता बैंक सेवाको पाटोलाई अझै फराकिलो बनाउन ग्लोबल आईएमई बैंक बाट प्रख्यात रहेर सेवा दिदै आएको साथै आगामी दिनमा पनि शाखाले पूर्ण रुपमा सेवाप्रवाह गर्ने साथै छिटोभन्दा छिटो एटीएम समेत सञ्चालन गर्ने जानकारी र प्रतिबद्धता समेत जाहेर गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हूम्लाको सिमिकोटमा दुई दिनपछि पुन हवाइ सुचारु

१८ मंसिर २०७८, शनिबार ०८:४८
हूम्ला।सिमकोटमा दुई दिनपछि हवाई सेवा पुनः सुरु भएको छ। बिहीबार बिहानबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको थियो। शनिबार मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले शनिबार मौसममा सुधार आएपछि हवाई उडान सुरु भएको बताए। केही दिनअघि मौसममा सुधार […]