सेनाले सगरमाथासहित ४ हिमाल सफा गर्दै

कर्णाली अनलाइन १४ चैत्र २०७९, मंगलवार ०७:५७

काठमाडौं।नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ।

सफाइ अभियानमा सहभागी हुने टोलीलाई आज विदाइ गरिदै छ। प्रमुख सेनानी, सेनानीसहित अन्य सहयोगीहरुसहितको ३ वटा टोलीलाई दिउँसो २ बजे विदाइ गर्ने कार्यक्रम रहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ।

सगरमाथा ल्होत्सेमा एउटै टोली खटिने प्रवक्ता भण्डारीले बताए। यही १८ गतेदेखि सुरु हुने अभियान जेठ २२ गतेसम्म सञ्चालन हुने सेनाले जनाएको छ।

प्रकृति र पर्यावरण  प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वनलाई सेनाले प्राथमिकतामा राखेको छ। विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन उद्देश्यले सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चैत १७ गते कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

१४ चैत्र २०७९, मंगलवार ०७:५७
सुर्खेत।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले समर्थन फिर्ता लिएसँगै आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन्। उनले आज (बुधबार) कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।प्रदेशसभामा विश्वासको मत […]