चैत १७ गते कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले विश्वासको मत लिने

कर्णाली अनलाइन १५ चैत्र २०७९, बुधबार १८:४८

सुर्खेत।कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले समर्थन फिर्ता लिएसँगै आगामी चैत १७ गते  दोस्रो पटक विश्वासको मत लिने भएका छन्।

उनले आज (बुधबार) कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए।प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता भएको ४८ घण्टापछि विश्वासको मत लिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम चैत १७ गते विश्वासको मत लिने निश्चितजस्तै देखिएको हो।

मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ।

कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा के होला भन्ने चिन्ता र चासो बढ्न थालेको छ। यहाँ नेकपा एमालेले समर्थन फिर्ता लिएको छैन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हवाई उडानका बेला ‘टिकटक’ बनाउने तीन ‘क्याबिन-क्रु’ कारवाहीमा

१५ चैत्र २०७९, बुधबार १८:४८
काठमाडौँ ।हवाई उडान भइरहेका बेलामा टिकटक भिडियो बनाइरहेका तीन जना क्याबिन-क्रु कारवाहीमा परेका छन्। बिहीबार हिमालय एयरलाइन्सका काठमाडौँ-दोहा रुटमा उडानमा रहेको एच९-५६३ उडान नंको जहाजमा पाकिस्तानको एयरस्पेसमाथि उडिरहेको समयमा एक पुरुष र दुई महिला एयरहोसस्टेस टिकटक बनाएको भिडियो सार्वजनिक भएपछि उनीहरूमाथि कारवाही थालिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उडानका […]

सम्बन्धित शीर्षक