दैलेखमा खोलाले बगाएर एक जनाको मृत्यु

कर्णाली अनलाइन २९ असार २०८०, शुक्रबार १२:२९

सुर्खेत । दैलेखमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ती नौमुले गाउँपालिका ८ चौराठाका ४९ वर्षीय लक्ष्मीप्रसाद रिमाल रहेका छन् ।

बिहीबार दैलेख बजारबाट घर फर्किने क्रममा बाटोमा पर्ने खोलामा चिप्लिएर लड्दा झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

नेपाली सेनामा भर्ती भएका छोरालाई सदरमुकामसम्म पुर्‍याएर घर फर्किँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माण व्‍यवसायीले मागे अर्थमन्त्रीको राजीनामा

२९ असार २०८०, शुक्रबार १२:२९
काठमाडौं।सरकारले असार मसान्तमा पनि आफूले पाउनुपर्ने  रकम नपाएको भन्दै निर्माण व्यवसायीहरूले प्रदर्शन गरेको छन्। सरकारविरुद्ध शुक्रबार माइतीघरमा ठेकेदारहरू धर्नामा निस्किएका हुन्। उनीहरूले अर्थमन्त्री प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्। उनीहरूले विनाबजेटको आयोजना टेण्डर गरेर सरकारले भुक्तानीका लागि आफूहरू सडकमा आउन बाध्य भएको भन्दै आक्रोश पोखे। महासंघका अध्यक्ष रवि सिंहले व्यवसायीले गरेको […]