कालिकोट।कालिकोट जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका १ रेंगिलमा आएको पहिरोले कर्णाली करिडोर अवरुद्ध भएको छ। शनिबार देखि करिडोरमा चल्ने यातायातका साधानहरु चल्न सकेका छैनन्। करिडोरको प्रवेशद्वार खुलालुदेखी हुम्ला,बाजुरा पलाँता,पचालझरना,रास्कोट सम्म संचालन हुने साना ठूला सवारी साधनहरु सडकमै लाम लागेका छन्।
सडक अबरुद्ध हुदा यात्रु अलपत्र परेको स्थानीयले बताएका छन्। सडक खुलाउन समस्या छ। पहिरो पन्छाउदा झन माथिबाट ठूलो पहिरो आउने गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार करिडोर खुलाउन समन्वय भईरहेको जनाएको छ।
निरन्तर पहिरो खसिरहेकोले आवतजावत गर्न समस्या भएको छ। करिडोर अन्तर्गत सल्लीसल्लासम्मको ट्र्याक खुलेपछि झन्डै एक वर्ष अघि नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको थियो।
सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ सडक बिभागले करिडोरको हेर फेरमा चासो राखेको छैन। स्थानीयका अनुसार पचालझरना स्थित भुराबगर र जारकोट खण्डमा गएको पहिरोले एक महिनादेखि सडक अवरुद्ध छ।
कर्णाली करिडोरको भौरेकुना, रेंगिल, कोट, आमतडालगायत ठाउँमा पनि पहिरो खसेको छ। वर्षाले कालिकोटका अधिकांश ग्रामीण सडक पनि अवरुद्ध छन्। स्थानीय तहले निर्माण गरेका सबैजसो सडकमा सहज रूपमा गाडी चल्ने अवस्था नरहेको प्रहरीले जनाएको छ।