जिसस दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेद्वार शाही विजयी

दैलेख संवाददाता २६ जेष्ठ २०७९, बिहीबार १०:५३

दैलेख। जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा स्वतन्त्र उम्मेद्वार नमराज शाही विजयी भएका छन। शाहीले नेपाली काँग्रेसका उम्मेद्वार दुर्गा कुमारी श्रेष्ठलाई ४ मतको अन्तरले पराजित गदैँ जिल्ला समन्वय समिति दैलेखमा विजयी भएका हुन।

दैलेखका ११ स्थानीय तहका २२ मत मध्ये शाहीर्ले १३ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरीन। शाही खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए।यसै गरी उपप्रमुखमा एमालेका केशव बहादुर शाही विजयी भएका छन ।उनले नेकपा (एकीकृत समाजवादी)की शान्ति शाहीलाई पराजित गरेका  छन।एमालेका शाहीले ११ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी नेकपा (एकीकृत समाजवादी) की शान्ति शाहीले १० मत प्राप्त गरेकी छन।

यस्तै महिला सदस्यमा नेकपा( एकीकृत समाजवादी) की कविता कुमारी गिरी,कोकिला कुमारी खड्का र पुर्णा विक निर्वाचित भएका छन। सदस्यहरुमा नेपाली काँग्रेसका अंगबहादुर शाही,नेकपा माओवादी केन्द्र का फत्तबहादुर डाँकी र स्वतन्त्रका उम्मेद्वार डिल बहादुर शाही विजयी भएका छन।यसैगरी दलित वा अल्पसंख्यक सदस्यमा नेकपा माओवादी केन्द्र तुल्छा वि.क विजयी भएकी छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको तिला–८ मा आगलागीबाट एक घर जलेर नष्ट

२६ जेष्ठ २०७९, बिहीबार १०:५३
जुम्ला।जुम्लाको तिला गाउँपालिका–८ मा आगलागीबाट घर जलेर नष्ट भएको छ ।प्रहरी चौकी रारालीही जुम्लाका अनुसार  राति साढे १२ बजेको समयमा तिला–८ का विरमान नेपालीको घर जलेर नष्ट भएको हो । नेपालीको ढुङ्गा माटोले बनेको २ तले घरमा अचानक आगलागी हुदाँ घर र घरभित्र रहेका सबै समानहरूमा क्षेती पुगेको छ । […]