जुम्लाको तिला–८ मा आगलागीबाट एक घर जलेर नष्ट

कर्णाली अनलाइन २६ जेष्ठ २०७९, बिहीबार १५:२४

जुम्ला।जुम्लाको तिला गाउँपालिका–८ मा आगलागीबाट घर जलेर नष्ट भएको छ ।प्रहरी चौकी रारालीही जुम्लाका अनुसार  राति साढे १२ बजेको समयमा तिला–८ का विरमान नेपालीको घर जलेर नष्ट भएको हो । नेपालीको ढुङ्गा माटोले बनेको २ तले घरमा अचानक आगलागी हुदाँ घर र घरभित्र रहेका सबै समानहरूमा क्षेती पुगेको छ ।

प्रहरीले नेपालीको घरमा रहेका भाँडाकुँडा, लत्ताकपडा, अन्नपात, २७ वटा खरायो, १० कुखुरा जली नष्ट भएको जनाएको छ । आगो निभाउने क्रममा घरधनी नेपाली सामान्य जली घाइते भएको र अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीयको सहयोगमा बुधबार राति नै १२ बजेर ५० मिनेट जाँदा आयो नियन्त्रणमा आएको हो ।

यस्तै, सुर्खेतको लेकबेसी नगरपालिका–३ गगन पोख्रेलको १ तले कच्ची घर पनि आगलागीमा जलेर नष्ट भएको छ । आज बिहीबार बिहान ९ः४५ बजेको समयमा घरमा खाना बनाउने क्रममा आगो सल्किएर आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आगलागीबाट पोख्रेलको घरभित्र रहेका लत्ताकपडा, भाँडाकुँडा, अन्नपात गरेर करिब ५०-६० हजार रुपैयाँ बराबरको क्षति भएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।आगलागीबाट कुनै पनि मानवीय तथा पशुचौपायाको क्षति भने नभएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति सुर्खेतको चुनाव हुँदै

२६ जेष्ठ २०७९, बिहीबार १५:२४
सुर्खेत। जिल्ला समन्वय समिति सुर्खेतको आज चुनाव हुँदैछ । सुर्खेतमा एमाले– माओवादी गठबन्धनबाट प्रमुखमा गंगाराम सुनार, उपप्रमुखमा सचिन कुमार बडुवालले आधिकारिक रुपमा उम्मेदवारी दिएका छन् । उपप्रुमखमा एमालेका टिका घलेले वागी उम्मेदवारी दिएकी छिन् । नेपाली कांग्रेसले समन्वय प्रमुखमा दीलिप कुमार वाग्ले उम्मेदवारी दिएका छन् । कांग्रेसले प्रमुखसहित पाँच पदमा मात्रै […]