वृद्धभत्ताको व्यवस्था गर्ने असली नायक हामी हौँ : झलनाथ

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ०८:४५

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वृद्धभत्ताको व्यवस्था गर्ने पार्टीको उत्तराधिकारी आफ्नो भएको दाबी गरेको छन्। आसन्न स्थानीय तहको निर्वाचनमा भिडियो सन्देशमार्फत भोट माग्दै उनले भनेका छन्, ‘कम्युनिष्ट पार्टीको सरकार बन्यो भने ६० वर्षभन्दा माथिकालाई गोली हान्छ भनेर विरोधीले प्रचार गर्ने गर्थे। तर, मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा वृद्धभत्ताको व्यवस्था गर्‍यौं। त्यो अगाडि सार्ने पार्टीको उत्तराधिकारी हामी हौँ।’

ज्येष्ठ नागरिकको सम्मान र हक अधिकारलाई आफूहरूले नै स्थापित गरेको दाबी गरे। उनले आफूहरुले नै ‘आफ्नो गाउँ, आफैं बनाऔं’को अवधारणा अगाडि सारेको बताए। ज्येष्ठ नागरिकको सम्मान तथा हक अधिकारको व्यवस्था, वृद्धभत्ताको सुरुवात, आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नयाँ विकासको अवधारणाको सुरुवात, ९ ‘स’ को विकासको कार्यक्रमहरुको सुरुवात गरेको बताए।

सुरुङ युगमा देशलाई अगाडि बढाउने पार्टी, देशलाई आत्मनिर्भरतातर्फ अग्रसर गराउन पहलकदमी गर्ने पनि नेकपा (एकीकृत समाजवादी) पार्टी नै भएको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरतपुरमा सत्ता गठबन्धनको चुनावी आमसभा सुरु

२२ बैशाख २०७९, बिहीबार ०८:४५
काठमाडौँ। चितवनको भरतपुरमा बिहीबार दिउँसो सत्ता गठबन्धनको चुनावी आमसभा सुरु भएको छ।केही बेरअघि सुरु भएको आमसभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्दैछन्। उनीहरु सभास्थलमा पुगिसकेका छन् ।प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्षहरु […]