भरतपुरमा सत्ता गठबन्धनको चुनावी आमसभा सुरु

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ०८:५८

काठमाडौँ। चितवनको भरतपुरमा बिहीबार दिउँसो सत्ता गठबन्धनको चुनावी आमसभा सुरु भएको छ।केही बेरअघि सुरु भएको आमसभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताले सम्बोधन गर्दैछन्।

उनीहरु सभास्थलमा पुगिसकेका छन् ।प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्षहरु उपस्थित भएकाले भरतपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । रातभरिको पानीले जलमग्न भएको सभास्थलबाट पानी तानेर फ्याँकिएको थियो।

आमसभा स्थल वरपर तालिमप्राप्त कुकुरसहितको सुरक्षाको टोली खटिएको छ ।आमसभामा सत्ता गठबन्धनको समर्थनमा चितवनका स्थानीय तहमा उम्मेदवार दिएका प्रतिनिधि, गठबन्धनमा आवद्ध सबै दलका जिल्लातहका नेता तथा कार्यकर्ताहरु सहभागी भएका छन् ।

महानगरको मेयरमा सत्ता गठबन्धनले रेनु दाहाललाई उठाएको छ । उनी प्रचण्डकी छोरी हुन् । गठबन्धनको निर्णयविरुद्ध कांग्रेस नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दिएका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले उम्मेदवारी दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बयलगाडा दर्शनका प्रवर्तक ओली गफमा विद्यावारिधि : माधव नेपाल

२२ बैशाख २०७९, बिहीबार ०८:५८
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले […]

सम्बन्धित शीर्षक