रामेछापमा जिप दुर्घटना हुँदा ११ घाइते

कर्णाली अनलाइन २ पुष २०७९, शनिबार २१:०८

रामेछाप ।रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीमा आज अपराह्न बोलेरो जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिए।

लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँबाट उमाकुण्ड–७ भुजीतर्फ जाँदै गरेको बा ११ च ७५९२ नंको उक्त बलेरो एकराते पहरो भन्ने ठाउँमा दुर्घटनामा परेको उनले बताए।

जिप कच्ची सडकमा अनियन्त्रित भइ करिब ५० मिटर तल खसेको प्रहरीको भनाइ छ। घाइतेमध्ये गम्भीर बिरामीलाई आजै हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँ लगिएको छ। अन्य घाइतेको भने स्थानीय अस्पतालमै उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संसदीय दलको नेतामा देउवा विजयी

२ पुष २०७९, शनिबार २१:०८
काठमाडौं।नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मतसहित दलको नेतामा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गरेका छन्। थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेललगायतको समर्थन […]