बयलगाडा दर्शनका प्रवर्तक ओली गफमा विद्यावारिधि : माधव नेपाल

कर्णाली अनलाइन २२ बैशाख २०७९, बिहीबार ११:१३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयलगाडा दर्शनका प्रवर्द्धक भएको टिप्पणी गरेका छन्। भरतपुरमा गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले भने, ‘केपी ओली बयलगाडा दर्शकका प्रवर्तक हुन्। बयलगाडा चढेर वासिङ्टन जानु र राजतन्त्र फालेर गणतन्त्र ल्याउनु उस्तै उस्तै हुन् भनेर भ्रम फैलाउने व्यक्ति हुन्। ओलीले गफमा विद्यावारिधि गरेका छन्। गफमा कसैले सक्दैनन्। झुटको खेती गर्छन्।’

ओलीको झुटको खेतीमा नफस्‍न सबैलाई अनुरोध गरे। पाँच दलीय गठबन्धन गरेर कसैलाई घाटा नभएको बताए। उनले भने, ‘गठबन्धनमा गरेर केही न केही सबैलाई फाइदा भएको छ। गठबन्धन गर्दा सबै ठाउँमा पाउँदैनन्। नमिलेका ठाउँमा मिलाउनुस्। तल बिगार्न खोज्नेलाई सचेत गरेर तह लगाउनुस्।’ उनले भरतपुर महानगरमा रेनु दाहालले प्रशंसनीय काम गरेको दाबी गरे।

रेनु बाबु र परिवारको आधारमा अगाडि नआएको बताए। भरतपुरमा देखिएको विवाद मिलाउन अझै केही समय भएकाले मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई जिताउन आग्रह गरे। पाँच दलीय गठबन्धनले रेनुलाई चयन गरेर उपयुक्त निर्णय लिएको बताए।

‘कांग्रेसमा अलि समस्या देखिएको छ। राजनीतिलाई आदर्शको आधारमा चल्नुहुन्छ। भने पार्टीभित्र बसेर मिलाउन सकिन्छ। वक्तव्य दिएर फिर्ता लिनुस्। होइन भने जनताले नै फैसला गर्नुहुन्छ’ उनले भने, ‘रेनु र चित्रलाई जिताउन भरतपुरबासीको हातमा छ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण, २१७ जना सक्रिय संक्रमित

२२ बैशाख २०७९, बिहीबार ११:१३
काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको पनि मृत्‍यु भएको छैन ।तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३३६ जनाको पीसीआर परीक्षणमा १५ जना र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा […]