सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

कर्णाली अनलाइन २८ चैत्र २०७८, सोमबार ०५:०८

काठमाडौँ।सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ ।

पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन ।

गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तहबाट उम्मेदवार सिफारिस भएर नआएपछि हिजो बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ।

प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा उम्मेदवारको नाम पठाउने म्याद पर्सि ३० गतेसम्म थप गरिएको छ । गठबन्धनका अरु दलले कांग्रेसलाई ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका छन् । माओवादीले २०७४ सालको चुनावमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागबन्डा गर्ने प्रस्ताव गरेको छ।

एकीकृत समाजवादीले २०७४ सालको चुनावमा एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने प्रस्ताव गरेको छ । जसपा र राष्ट्रिय जनमोर्चाले सम्मानजनक रुपमा भागबन्डा गर्नुपर्ने अडान लिएका छन्  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्

२८ चैत्र २०७८, सोमबार ०५:०८
धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले […]