सत्ता गठबन्धन दलसँग चुनावी तालमेलबारे कांग्रेसमा बढदो असन्तुष्टि

महामन्त्री गगनकुमार थापा गठबन्धन बैठकमा गएनन्

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार १६:४३

काठमाडौँ ।नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय समितिको निर्णयविपरीत सत्ता गठबन्धन दलसँग चुनावी तालमेलको प्रयास थालेपछि पार्टीभित्र असन्तुष्टि बढेको छ । चैत दोस्रो साता बसेको कांग्रेस केन्द्रीय समितिको निर्णय थियो- ‘स्थानीय अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने ।’

 

तर, महानगरपालिका र उपमहानगरपालिकाका स्थानीय नेता कार्यकर्ताको भावनाविपरीत केन्द्रबाटै चुनावी तालमेल गर्ने प्रयास हुन थालेपछि नेता शेखर कोइराला समूहका नेताहरूले असन्तुष्टि जनाएका छन् । महामन्त्री गगनकुमार थापा सोमबारको गठबन्धन बैठकमा गएनन् ।

सभापति देउवाले कोइराला समूहबाट निर्वाचित महामन्त्री थापालाई गठबन्धनका बैठकमा बोलाउने गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको कार्यदलमा समेत सदस्य छन् । सोमबार कार्यदल र गठबन्धनको संयुक्त बैठक बसेको थियो ।

स्रोतका अनुसार दिनभरिका कुनै पनि बैठकमा थापा सहभागी भएनन् । ‘आइतबारसम्म गगनजी पनि बैठकमा हुनुहुन्थ्यो तर सोमबारको बैठकमा उहाँ आउनुभएन,’ बालुवाटार बैठकमा सहभागी एक नेताले भने, ‘त्यसले कांग्रेस तालमेलको पक्षमा एक ढिक्का छैन भन्ने प्रस्टिएको छ ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सचिवालय बैठकको निष्कर्ष:सरकार चुनाव सार्ने षड्यन्त्र गर्दैछ

५ बैशाख २०७९, सोमबार १६:४३
काठमाडौँ।नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको छ । ‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन […]