एमाले सचिवालय बैठकको निष्कर्ष:सरकार चुनाव सार्ने षड्यन्त्र गर्दैछ

चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज गर्ने एमालेको चेतावनी

कर्णाली अनलाइन ५ बैशाख २०७९, सोमबार १६:५३

काठमाडौँ।नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार वैशाख ३० गते हुने स्थानीय तहको चुनाव सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले चुनाव सार्ने षड्यन्त्रलाई निस्तेज पार्ने निर्णय गरेको छ ।

‘अहिलेको सरकारले २०७९ साल वैशाख ३० गते हुन लागेको चुनावमा जुन प्रकारको षड्यन्त्र भएको छ‚ त्यसको हामी कडा प्रतिवाद गर्छौं । कडा विरोध गर्दछौं । चुनाव रोक्ने षड्यन्त्रलाई निस्तेज पार्छौं,’ एमालेका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘सबै कमिटीहरुलाई कुनै प्रकारको अलमल नगरी चुनावको तयारी गर्ने निर्देशन पनि दिएका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचन: कँडेल र खड्काबीच कडा प्रतिस्पर्धा, ३१ मतकाे अन्तर

५ बैशाख २०७९, सोमबार १६:५३
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको मतगाणना जारी नै रहेको छ । अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडलेले आफ्नो अग्रता कायम नै राखेका छन् ।१२ सय मतगणना गर्दा अध्यक्ष पदका उम्मेदवार लक्ष्मण कँडेलले ६०२ मत प्राप्त गरेका छन् भने अर्का उम्मेदवार हर्षविक्रम खड्कले ५७१ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । […]