आज नयाँ आइजी नियुक्त हुँदै ,को को छन त प्रतिस्पर्धी?

कर्णाली अनलाइन १० चैत्र २०७९, शुक्रबार ११:०७

काठमाडौँ।नेपाल प्रहरीमा शुक्रबार नयाँ महानिरीक्षक (आइजी) नियुक्त हुने भएका छन्।आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्‌को बैठकले आइजी नियुक्त गर्न लागेकाे हाे। बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएकाे थियाे।

हालका महानिरीक्षक धीरज प्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन्।आइजीका लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआइजी)हरू प्रतिस्पर्धी छन्। बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्।

किरण बज्राचार्य आइजीकाे प्रतिस्पर्धामा हुने पहिलाे महिला प्रहरी अधिकृत हुन्।यसअघिसम्म नेपाल प्रहरीले आइजीको प्रतिस्पर्धामा महिलासमेत पाएको थिएन।पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३० औँ आइजीका लागि बढुवा हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको भिई केन्द्रबिन्दु भएर गयो भूकम्प

१० चैत्र २०७९, शुक्रबार ११:०७
सुर्खेत।मुगुको भिई केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर शुक्रबार बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो।पछिल्लो समय नेपालको पूर्व तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दू भएर […]

सम्बन्धित शीर्षक