सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल हुने

कर्णाली अनलाइन ८ असार २०७९, बुधबार १४:५८

काठमाडाैँ।प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक बोलाएका छन्।प्रधानमन्त्री देउवाले बालुवाटारमा दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाएका हुन्।बैठकमा सरकारमा सहभागी कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेता सहभागी हुनेछन्।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार बैठकको एजेन्डा मन्त्री हेरफेर रहेको छ।एकीकृत समाजवादीले यसअघि नै आफ्ना मन्त्री फिर्ता बोलाएर नयाँको नाम प्रधानमन्त्री देउवासमक्ष सिफारिस गरिसकेको छ। तर, बजेट पास नभएसम्मका लागि धैर्य गरिदिन प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेकाले मन्त्री हेरफेर लम्बिएको हो।

समाजवादीले आफ्ना मन्त्री हेरफेर गर्ने तयारी गरेपछि सत्तारूढ कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीमा पनि मन्त्री फेर्न दबाब परेको छ।सोही कारण आजको बैठकमा यसबारे ठोस निर्णय हुने एकीकृत समाजवादीका एक नेताले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतको कपासेमा जीप दुर्घटना,एक जनाकाे मृत्यु

८ असार २०७९, बुधबार १४:५८
सुर्खेत । सुर्खेत-दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखी माथि मोडमा दुर्घटनामा परेको हो । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० […]