माओवादीको महाधिवेशन दुई दिन लम्बिने

कर्णाली अनलाइन १३ पुष २०७८, मंगलवार १०:४४

काठमाडौँ ।नेकपा माओवादी केन्द्रको महाधिवेशन दुई दिन लम्बिने भएको छ । गएको आइतबारदेखि सुरु भएको महाधिवेशनको समय माओवादीले दुई दिन थप गरेको हो ।पुस १५ गतेसम्म तोकिएको महाधिवेशन निर्धारित समयमा नसकिने देखिएकाले दुई दिन थप गर्ने निर्णय भएको माओवादीले जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेका कारण महाधिवेशन लम्ब्याउने निर्णय गरिएको माओवादी नेताहरुले स्थायी कमिटी बैठकपछि बताएका हुन् । सकेसम्म पुस १६ गते नभए १७ गते महाधिवेशन सक्ने गरी निर्णय भएको हो ।माओवादी महाधिवेशनमा मंगलबारदेखि प्रचण्डको प्रतिवेदनमा २५ समूहमा छलफल भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका हिमाली जिल्ला सहित पहाडी जिल्लामा हिँमपात

१३ पुष २०७८, मंगलवार १०:४४
सुर्खेत।मंगलबार रातिदेखिको लगातार वर्षासँगै कर्णाली प्रदेशका हिमाली जिल्ला सहितपहाडी जिल्लामा हिमपात भएको छ।हुम्ला,जुम्ला,मुगु,डोल्पा,पुर्णरुपमा हिँमपात भएको छ भने कालिकोट,दैलेख,रुकुम पश्चिम,जाजरकोट,सल्यानको उच्च पहाडीभुभागका केही स्थानमा हिमपात सगै पानी परिरहेको छ ।कर्णाली प्रदेशको राजधानी विरेन्द्रगरनमा मंगलवार साँझदेखी नै पानी लगातार परिरहेको छ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर वर्षा र हिमपात भइरहेको छ। […]