मनाङ्ग हेलिकप्टर- सोलुखुम्बुको लामाजुरानजिक दुर्घटना,६ जनामा ५ जना विदेशी

कर्णाली अनलाइन २६ असार २०८०, मंगलवार ११:४७
फाइल फोटो
फाइल फोटो

सुर्खेत। मंगलबार बिहान बेपत्ता भएको  मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लामाजुरा नजिक दुर्घटना भएको छ। सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले बाटो हिड्ने बटुवाहरूले हेलिकोप्टर दुर्घटना भएको जानकारी आफूहरूलाई दिएको जानकारी दिए।

‘दुर्घटना भएको स्थानमा उद्धारका लागि प्रहरी टोली परिचालन भइसकेको र सदरमुकामबाट घटनास्थलसम्म पुग्न करिब डेढ घण्टा लाग्छ’, उनले भने।

सोलुखुम्बुदेखि काठमाडौं आउँदै गरेको विदेशी यात्रुसहितको 9N–AMV कलसाइन हेलिकोप्टर  १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो। यता त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले सेनाको हेलिकोप्टर पनि उद्धारका लागि  परिचालन भइसकेको बताए। उक्त हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए।

जसमा पाइलट नेपाली र अन्य यात्रु मेक्सिकन रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोलुखुम्बुमा मनाङ एअरको हेलिकोप्टर दुर्घटना, ३ जनाको शव फेला

२६ असार २०८०, मंगलवार ११:४७
काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामजुरामा आज मनाङ एअरको हेलिकोप्टर दुर्घटना भएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीकाअनुसार दुर्घटनामा तीन जनाको शव फेला परेको छ । हेलिकोप्टर पाइलट चेतबहादुर गुरुङले उडाएको जानकारी आएको उनले  जानकारी दिइन् । पाइलटसहित ६ […]