पूर्वी नवलपरासीमा दुईजनाकाे मृत्यु

कर्णाली अनलाइन ११ कार्तिक २०७९, शुक्रबार १०:५४

कावासाेती।पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन्। बुलिङ्गटार गाउँपालिका-६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।यस्तै, गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।

गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसले शनिबार घोषणापत्र सार्वजनिक गर्ने

११ कार्तिक २०७९, शुक्रबार १०:५४
काठमाडौँ । कांग्रेसले (भोलि) शनिबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ । नेपाली कांग्रेसले शनिबारमात्रै घोषणापत्र सार्वजनिक गर्ने भएको हो । तिहारअघि नै घोषणापत्र सार्वजनिक गर्ने भनिएपनि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्य व्यस्तताका कारण दुई पटकसम्म पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर आजका लागि तय गरिएको थियो । तर, आजको कार्यक्रम […]