सुर्खेत।नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको ३१ औं स्थापना दिवसको अवसर पारेर बुधबार पहिलो दिन आँखाको निःशुल्क परीक्षण गरिएको छ। बुधबार सुर्खेतका ५० जना पत्रकारहरुले निःशुल्क आँखाको परीक्षण गरेका हुन् ।पत्रकारका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले बैशाख महिनादेखि अस्पतालमा आँखाको पनि परीक्षण शुरू गरिएको जानकारी दिए ।
उनका अनुसारर आजसम्म चार जना विशषज्ञ डाक्टरहरुबाट एकसय भन्दा बढीले आँखाको परीक्षण गरिसेको र अबको केहीँ समयमा आँखाको अप्रेसन तथा चस्माको पसल पनि सञ्चालनमा ल्याउँन लागिएको बताए ।
खड्काले पत्रकारहरुका लागि अस्पतालले विभिन्न सेवाहरुको परीक्षणका केहीँ मात्रामा छुट दिँदै आएको र आज आँखाको पनि निःशुल्क परीक्षण गरिएको बताए । साथै खड्काले पत्रकारहरुसँग अस्पतालले दिँदै आएका सबै सेवा सुविधाका बारेमा आम नागरिकहरुको माझमा पुयाईदिन समेत अनुरोध गरे ।
यस्तै, पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष ललित बसेलले अस्पताल र अस्पतालका निर्देशक खड्कलाई महासंघको अनुरोधलाई सहजै स्विकार गरेर आँखाको निःशुल्क परीक्षणका लाति वातावरण मिलाई दिएको भन्दै धन्यवाद समते व्यक्त गरे ।

