नेपाल र युएईबिचको खेल पुन:सुरु

कर्णाली अनलाइन १८ बैशाख २०८०, सोमबार ११:३१

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गत टियू मैदानमा जारी नेपाल र युएईबीचको फाइनल खेल पुन:सुरु भएको छ।१६ ओभरको समाप्तीमा युएई ६० रन जोडेर ५ विकेट गुमाएको अवस्थामा वर्षा सुरु भएसँगै स्थगित भएको खेल पुन:सुरु गरिएको हो।

टस जितेर पहिले फिल्डीङ रोजेको नेपालले युएईविरुद्ध कसिलो बलिङ गर्दै गतिलो सुरुवात गरेको थियो। युएईका लागि असिफ खान १५ तथा बसिल हमेद ६ रनमा नटआउट रहेका छन्।

युएईका लागि कुनैपनि ब्याटर क्रिजमा जम्न सकिरहेका छैनन्। उसका लागि कप्तान मुहम्मद वासिमले ११ रन बनाउँदा आर्यान लाक्राले १३ रन बनाए।

त्यस्तै, वृत्या अर्विन्द ८ रनमा आउट हुँदा रमिच सहाजेद १ रनमा पेभिलियन फर्किएका थिए। त्यस्तै रोहन मुस्तफा २ रनमा आउट भए।

नेपालका लागि करण केसीले २ विकेट लिंदा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले समान १-१ विकेट लिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रवि लामिछानेका चालक थापाको निधन

१८ बैशाख २०८०, सोमबार ११:३१
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको निधन भएको छ।ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको आज अपराह्न मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ। स्वास्थमा कुनै सुधार नदेखिएपछि आजै परिवारको आग्रहमा उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको थियो। भेन्टिलेटरबाट निकालिएसँगै उनको मृत्यु भएको हो। आफन्तले शव अस्पतालबाट लिएर […]