माइला विकलाई १० घण्टापछि सेनाको हेलिकोप्टरबाट गरियो उद्धार

कर्णाली अनलाइन २८ जेष्ठ २०७९, शनिबार १३:४९

काठमाडौं । नुवाकोटको विद्युत प्रशारण लाइनको तारको लठारो समाएर शनिबार बिहान ९ बजेदेखि हिँडिरहेका पुरुषको उद्धार गरिएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ घले गाउँका माइला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

परिवारमा झगडा परेपछि उनी ६४ हजार विजुलीको भोल्टेज भएको तारको लठारो समात्दै हिँडिरहेका थिए । उनको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ ।यसअघि ककनी प्रहरी र स्थानीयले उनलाई अनेक फकाई फुलाई गर्दा पनि उनी विजुलीको तार समातेर मात्र हिँडिरहेका थिए । तल ओराल्न सकिएको थिएन ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले केन्द्रीय कार्यालय बैठक च्यासलमा बस्दै

२८ जेष्ठ २०७९, शनिबार १३:४९
काठमाडौँ ।नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आज बस्दैछ।बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। बैठकले सोमबार १ बजे बस्ने केन्द्रीय सचिवालयको बैठकका कार्यसूची निर्धारण गर्नेछ।आजको बैठक महासचिवको अध्यक्षता रहनेछ भने उपमहासचिव र सचिवहरू सदस्य रहन्छन्।