काठमाडौं।लामो रस्साकस्सीबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले प्रष्टीकरण दिन थालेका छन् । यसैक्रममा
नेकपा (एकीकृत समाजवादी) ले बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको पक्षमा उभिनुका कारण पत्रकार सम्मेलनमार्फत प्रष्ट्याउन लागेका हुन् ।
प्रमुख प्रतिपक्ष नेकपा एमालेले पनि आजै एमसीसी र समसामयिक राजनीतिक परिवेशबारे धारणा राख्दैछ ।नेपाली कांग्रेस र माओवादीले भने हिजै दिउँसो पत्रकार सम्मेलन गरिसकेका छन् ।