‘नागरिक आवाज कानूनी सचेतना केन्द्रको संस्थापक समिति गठन’

कर्णाली अनलाइन २४ जेष्ठ २०७९, मंगलवार १४:४५


सुर्खेत।समसमायिक बिषयमा लेख लेख्दै आउनु भएका गुराँस गाउँपालिका-७ दैलेख घरभइ मध्यपश्चिम बिश्वबिद्यालयमा स्कुल अफ ल मा BALLB अध्यनरत दिपेन्द्र कुमार बि.सीलाई आज जेष्ठ २४ गते बिरेन्द्रनगर सुर्खेतमा, कर्णालीमा कानुन अध्यनरत विद्यार्थीहरुको भेलाले “नागरिक आवाज कानुनी सचेतना केन्द्रको” अध्यक्षमा सर्वसहमत चयन गरेको छ।

साथै उक्त भेलाले कार्यसमितिको उपाध्यक्षमा रचना पन्थी र सृष्टि पन्थि, सचीवमा दिल बहादुर भण्डारी, सह सचीवमा अनिल कार्की र प्रतिष्ठा सुनार, कोषाध्यक्षमा करुणा बैगार र सक्रिय सदस्यहरुमा सुर्य ब.शाही,अञ्जली राना,महेन्द्र बुढा,सुष्मा दाहाल, हिमाली पाण्डे, निशा शाही, यमुना के।सि, सम्झना सुनार, प्रविन गिरि ,महेश धितालर भावना शाहि सहितको २१ सदस्य कार्यसमिति गठन भएको छ। बाँकी ३ जना सदस्य भने मनोनित हुनेछन्।

उक्त नागरिक आवाज कानूनी सचेतना केन्द्रले देशव्यापी कानूनी सचेतनाका कार्यक्रमहरु गर्ने, छरिएर रहेका कानून अध्यनरत बिद्यार्थीहरुलाई देश व्यापी एकीकृत गर्ने, समुदायमा ‘कानूनी’ प्रावधान नबुझेर पीडा झेलिरहेका नागरिकहरुलाई न्यायीक प्रक्रियामा सहभागी गराउने, पीडितको निम्ति न्यायीक आवाज उठाउने, देशमा उठेका महत्त्वपूर्ण कानूनी सवालमा कानूनी बिद्यार्थीहरु तर्फबाट राज्यलाई सल्लाह सुझाव दिने, स्थानीय सरकार संग समवन्य गरि स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाउन सहयोग गर्ने, माध्यमिक तह र बिश्वबिद्यालय तहका कानुन अध्यनरत विद्यार्थीहरुलाई कानुन व्यसायिक अभ्यासको तालिम प्रदान गर्ने, बहस र पैरवीका कार्यक्रम गर्ने, विभिन्न तहका सरकार र अन्य सामाजिक संस्था त्यसैगरी बिद्यालय, बिश्वबिद्यालय संग सहकार्य गरि सामाजिक र शैक्षिक क्षेत्रमा अगाडी बढने आदि उदेश्यका साथ नागरिक आवज कानूनी सचेतना केन्द्र गठन गरिएको कुरा अध्यक्ष दिपुले बताएका छन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली सरकारद्वारा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

२४ जेष्ठ २०७९, मंगलवार १४:४५
सुर्खेत ।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगिकार गरेको ‘समृद्ध […]