ब्राजिलका सेना प्रमुख बर्खास्त

कर्णाली अनलाइन ८ माघ २०७९, आईतवार २१:२२

काठमाडौं। ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन्।दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ।

लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन् भने दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गरेका छन्।राजप्रसाद, कंग्रेस र सर्वोच्च अदालतका भवनहरुमा क्षति पुगेको र त्यस बखत दुई हजार व्यक्तिलाई हिरासतमा लिएको थियो।

सर्वोच्च अदालतले यसबारे छानबिन गर्ने र पूर्व राष्ट्रपति जयर बोल्सोनारोलाई दंगा उक्साएकोमा अनुसन्धान गर्ने भनिएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लाको पातारासीमा एक पुरुष मृत फेला

८ माघ २०७९, आईतवार २१:२२
सुर्खेत । जुम्लाको  गाउँपालिकाको डिल्ली साना जलविद्युत् आयोजनाको नालीमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पातारासी-६ वाताका ४७ वर्षीय जोरासिंह बुढा सोमबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे अनसन्धान भइरहेको प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए। ‘घटनाको प्रकृति हेर्दा जमेको बरफमा चिप्लिएको जस्तो […]

सम्बन्धित शीर्षक