दैलेखमा १ लाख ७५ हजार थान मतपत्र पुगे

दैलेख संवाददाता २१ बैशाख २०७९, बुधबार ०६:१४

दैलेख।स्थानीय तह निर्वाचनका लागि दैलेखमा १ लाख ७५ हजार थान मतपत्र पुगेको छ ।जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाका अनुसार १ लाख ५८ हजार ४८९ कुल मतदाता रहेकोमा १ लाख ७५ हजार थान मतपत्र आएको जानकारी दिइन ।

जिल्लामा पुरुष मतदाता ७८ हजार ९१९ र महिला ७९ हजार ५७० गरि कुल १ लाख ५८ हजार ४८९ मतदाता रहेका छन्।२०७४ सालको स्थानीय तह निर्वाचन भन्दा २५ हजार ४९७ मतदाता थपिएका प्रमुख काउचाले जानकारी दिइन। मतपत्रको ढुवानी नेपाली सेनाको कालीबक्स गणले गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

त्रिभुवन विमानस्थलमा 'थ्रेट कल'पछि आन्तरिक टर्मिनलभित्र सुरक्षाकर्मीद्धारा खानतलासी

२१ बैशाख २०७९, बुधबार ०६:१४
काठमाडौँ। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भित्र शंकास्पद बस्तु रहेको सुचना आएपछि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेनाले सो क्षेत्रलाई खालि गरि शंकास्पद बस्तुको खोजी गरेको छ। सुरक्षाकर्मीले खोजीगर्दा त्यस्ता केही शंकास्पद बस्तु नभेटेपछि अहिले टर्मिनल सुचारु गर्ने व्यवस्था मिलाउदैँ छ । त्रिभुवन विमानस्थलकोृ अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल डयुटी अफिसर बस्ने […]