सुर्खेत।दैेलेखको गुराँस गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार खेमराज ओलीले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।नेपाली काँग्रेसबाट उम्मेदवार बनेका ओलीले आफ्ना चुनावी प्रतिबद्धतामा परिपक्क एवम् युवा पुस्ताको जिम्मेवारीलाई प्रथामितामा राखेका छन्।
ओलीले डाक्टर,पाइलट ,ईन्जिनियर ,विधावारिधि अध्ययनका लागि पालिकाबाट सहयोग,समाजबाद उन्मुख समृद्धि, आर्थिक विकास र सामाजिक न्यायमा अभिवृद्धि, जैविक मल उत्पादनका लागि पालिकास्तरमा उधोग स्थापना गरिने, सवै विधालय सिकाई र बालविकासमा आवश्यकताको आधारमा शिक्षक दरवन्दी ,कम्पाउन्ड,बालमैत्री घेरवार,खानेपानी ,ICT विधालय करेसावारी,पुस्तकालाय,विज्ञान सामग्री व्यवस्थापन भई सकेकोमा दिगो सुधारका लागि विधालयमा मर्मत सम्भार कोष संचालन गरिने र बाँकी विधालयमा उपव्ध गराई गुणस्तरीय र व्यसायिक शिक्षा उपलब्ध गराईने जस्ता योजना अगाडी सारेका छन् ।
यस्तै, ओलीले सेप्टीदेखी धरमपोखरासम्म जोडिएको गुराँस गौरव मार्ग,गुराँस चक्रपथ ,वडा कार्यालय जोडिने सडक र पर्यटन मार्गहरु नालीसहित ग्रावेल गर्ने, गुराँस रोजगार कार्यदललाई निरन्तरता दिदैँ संख्या र सेवा सुविधा बढाएर १५ हजार पुयाइने,गुराँस गाउँपालिकाका विधुतको पहुँच भन्दा बाहिर रहेका दुई सय घरधुरीमा विधुत पुयाउने,साथै बजार क्षेत्र सरकारी संस्था र विद्यालय क्षेत्रमा स्टेटलाईटको व्यवस्था गरिने प्रतिबद्धता लगेर मतदातासँग मत मागेका छन् ।
यस्ता छन्, अन्य प्रतिबद्धता
–हाम्रो गाउँपालिका ,राम्रो गाउँपालिका र सक्षम गाउँपालिका भन्ने नारालाई सफल पार्न गठबन्धनमा रहेका राजनीतिक दल लगायत सवै दल ,युवा विधार्थी ,शिक्षक ,कर्मचारी,व्यापारी बुद्धिजीवी ,समाजसेवी,राजनीतिककर्मी ,विशेष अवस्थाका व्यक्ति विशेषज्ञहरुको परामर्शवाट पालिका सञ्चालन गरिने छ।
–डिपिआर गरिसकिएका योजनाहरुलाई प्राथमिकताका साथ बजेट विनियोजन गरिने छ।ठुला योजनाहरुलाई अगाडि बढाउनका लागि विभिन्न दातृ निकाय ,प्रदेश र संघ सरकारसंग पहल गरिने छ।
–सम्पुर्ण प्रशासनिक ,शिक्षा ,स्वास्थ्यलगायत कर्मचारीहरुको कामको आधारमा प्रोत्साहनको कार्यक्रम ल्याइने छ। पालिका ,वडा,शिक्षा,स्वास्थ्य,कृषिलगायतका सम्पुर्ण करार कर्मचारीहरुको स्थायित्वका लागि काम गरिनेछ ।साथै विधालय कर्मचारीहरुलाई सम्मानजनक सेवा सुविधा उपलव्ध गराइने छ ।
–गुराँस रोजगार कार्यदललाई निरन्तरता दिदैँ संख्या र सेवा सुविधा बढाएर १५ हजार पुयाइने छ।
–सवै महिला स्वास्थ्य स्वयम्सेविकाहरुका लागि थप सेवा सुविधा उपलव्ध गराइने छ।
–गुराँस गाँउपालिकाभित्र प्रत्येक टोल टोलमा जोडिएका सडक सञ्जालहरु बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गरिनेछ।साथै सडक नपुगेको ठाँउमा १ वर्ष भित्र सडक सञ्जाल विस्तार गरिने छ ।
–सेप्टीदेखी धरमपोखरासम्म जोडिएको गुराँस गौरव मार्ग,गुराँस चक्रपथ ,वडा कार्यालय जोडिने सडक र पर्यटन मार्गहरु नालीसहित ग्रावेल गरिने छ।
-रातानाङला धरमपोखरा सडक कर्णाली प्रदेशकै नमूना सडकको रुपमा निर्माण गर्ने र गुराँसे पातिकाल्ला तल्लो डुङग्वेश्वर सडक कालोपत्रे गरिने छ।
–जनताको यातायात सुविधाको लागि सर्वसुलभ दरमा २ वटा पालिका वस सेवा संचालन गरिने छ ।साथैँ पालिका भित्रका सडकमा बस सेवा संचालन गर्न चाहने निजी क्षेत्रलाई सहुलियत उपलव्ध गराइने छ।
–जग्गा ,जमिन र घर नभएका परिवारका लागि जमिन र घरको व्यवस्था गरिने छ।साथैँ एक वर्षभित्र खरको छाना भएका घरपरिवारलाई जस्तापाताको व्यवस्था गरिने छ।
–सामाजिक र आर्थिक विपन्न नागरिकहरुको गरिवी निवारणको कार्यक्रम संचालन गरि समतामुलक र न्यायिक समाजको निर्माण गरिने छ।
–किसानहरुका लागि बेमौसमी बीउबिजन ,नगदेवाली ,आलु बीउ,प्राविधिक ज्ञान,सिँचाई पोखरी,टनेल ,थोपा सिँचाई कार्यक्रम ,हाते ट्रयाक्टरलगायत अन्य कृषि सामाग्री समुह ,सहकारी र व्यत्तिगत फर्ममार्फत उपलव्ध गराइने छ।
–जैविक मल उत्पादनका लागि पालिकास्तरमा उधोग स्थापना गरिने छ।साथै प्राङगारिक मलमुत्र व्यवस्थापनका लागि व्यवसायिक सुन्तला जोन र कृषि पकेट क्षेत्रका रुपमा विकास गरिने छ ।
–वडा नम्वर ३ को पुनाकोटलाई सुन्तला जोन र कृषि पकेट क्षेत्रका रुपमा विकास गरिने छ।
–किसानले उत्पादन गरेका कृषि उत्पादन बजारिकरणको लागि पालिकाले प्रत्येक वडामा हाट बजार संचालन गरिने छ।
–सवै विधालय सिकाई र बालविकासमा आवश्यकताको आधारमा शिक्षक दरवन्दी ,कम्पाउन्ड,बालमैत्री घेरवार,खानेपानी ,ICT विधालय करेसावारी,पुस्तकालाय,विज्ञान सामग्री –व्यवस्थापन भई सकेकोमा दिगो सुधारका लागि विधालयमा मर्मत सम्भार कोष संचालन गरिने र बाँकी विधालयमा उपव्ध गराई गुणस्तरीय र व्यसायिक शिक्षा उपलब्ध गराईने छ।
–धरमपोखरा कृषि क्याम्पस र सरस्वती मा वि पातिकाल्लामा क्याम्पस संचालन गरिने छ। साथैँ लक्ष्मी मावि रतिखोला IACAg लाई दिगो व्यस्थापन गरिने छ।
–कार्यरत सरकारी तथा निजि शिक्षकहरुलाई कार्यसम्पादन मुल्याङ्कनका आधारमा पुरस्कृत तथा सम्मान गरिने छ।
–बालबालिकाको जिवन सुरक्षाका लागि जीवन सुरक्षा कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक बालबालिकालाई रु.२० हजार रकम उपलव्ध गराइने छ ।
–युवाहरुलाई रुचि अनुसारको सिप दिएर रोजगार र स्वरोजगारको लागि सहजीकरण गरिने छ ।विभिन्न समयमा वर्षभरी वडा र अन्तरपालिका स्तरीय खेलकुद प्रतिष्पर्धा गराइने छ ।
–डाक्टर,पाइलट ,ईन्जिनियर ,विधावारिधि अध्ययनका लागि पालिकाबाट सहयोग उपलब्ध गराईने छ।
–लोकसेवा र शिक्षा सेवा आयोगको परीक्षामा सहभागी हुन चाहने तर आर्थिक रुपले विपन्न युवाहरुलाई पालिकाकै खर्चमा तयारी कक्षा पढ्ने व्यवस्था गरिने छ।
–भाषा संस्कृति तथा कला साहित्यको संरक्षण तथा संवद्र्धनका लागि आवश्यकताको आधारमा कार्यक्रम संचालन गरिने छ ।
–रतिखोलामा १५ सैयाको अस्पताल निर्माण गरिने छ।गुराँस अस्पतालमा थप भवन निर्माण गरी बिशेषज्ञ सेवासमेत उपलब्ध गराउने र अस्पतालबाटै एम्बुलेन्स सेवा उपलब्ध गराईने छ।
–वडा न २ र ३ को देउती स्थानमा स्वास्थ्य संस्था स्थापना गरि स्वास्थ्य सेवा प्रवाह गरिने छ।
–बढ्दो स्वास्थ्य समस्यालाई न्युनीकरण गर्न विशेषज्ञ डाक्टर सहितको नि शुल्क स्वास्थ्य शिविरहरु प्रत्येक वडामा ६ ६ महिनामा संचालन गरिनेछ ।
-सरकारको स्वास्थ्य बीमा योजना अन्तर्गत नागरिकहरुले तिर्नुपर्ने विमा शुल्क पालिकालेनै व्यहोर्ने गरि सवै नागरिकको स्वास्थ्य विमा गरिने छ।
–पालिकाभित्रका सवै टोलमा बालबालिकालाई खोप लगाउन सहज हुने गरि खोप केन्द्रहरु स्थापना गरिने छ।साथै हाल भएका खोप केन्द्रलाई थप व्यवस्थित गरिने छ।
–सवै स्वास्थ्य संस्थाहरुमा गुणस्तरीय सुविधासहित स्वास्थ्य सेवा उपलव्ध गराउने र यसै वर्ष वडा नम्वर ४ को दोवाटोमा स्वास्थ्य संस्था स्थापना गरिने छ ।
–गुराँस गाउँपालिका वडा नं १,२,३ र ४ मा खानेपानी तथा सिँचाईका लागि कर्णाली लिफटिङको डिपिआर गरी कानुनी प्रक्रिया अगाडी बढेकोमा उक्त लिफ्टिङको यसै वर्षदेखि निर्माण सुरु गरी छिटो भन्दा छिटो सम्पन्न गरिने छ।
–वडा नं ४ को डवलगैरामा बोरिङबाट खानेपानी योजना सुरु गरी घोडावास ,तालपोखरी र चिसापानी क्षेत्रमा खानेपानी आपुर्ति गरिने छ ।साथै सम्भावित अन्य ठाँउमा पनि बोरिङबाट खानेपानी आपुर्तिको व्यवस्था गरिने छ।
–सम्पुर्ण घर परिवारमा एक घर ,एक धारा व्यवस्था गरि स्वच्छ खानेपानीको उपलव्ध गरिनेछ ।
–साना तथा मझौला उधोग कृषि सिचाईका लागि विधुतमा ५० प्रतिशत महशुल छुट गरिनेछ।
–कृषि उत्पादन बढाउन र आधुनिकरण गर्ने कृषक समुह ,सहकारी,निजि फर्मलाई कुलो तथा पाईप लाइन विस्तारका लागि आवश्यकता अनुसार सहयोग उपलव्ध गराइने छ।
–पर्यटन प्रवद्र्धन कार्यक्रम अन्तर्गत प्रत्येक वडाको उचित स्थानमा सामुदायिक वन ,निजि क्षेत्र र समुदायको साझेदारी गरी पर्यटन प्रवद्र्धनका पुुर्वाधारहरु निर्माण गरिने छ।
-वन क्षेत्रलाई स्थानीय तहको आर्थिक स्रोतको एक प्रमुख आधारका रुपमा व्यवस्थापन सवै सामुदायिक वनबाट रोजगारी सिर्जना गर्ने पालिकाबाट आर्थिक सहयोग गरिने छ ।
–सवै वडामा निजिक्षेत्र संगको सहकार्यबाट सहकारीका माध्यमवाट ठुला कृषि फर्म स्थापना गरिने छ ।साथै ठुला कृर्षि स्थापनाका लागि प्रोत्सान गरिने छ ।कृषिलाई पर्यटनका रुपमा विकास गरिने छ।
–जल,जलाधार क्षेत्र,वन ,जंगल ,गुफा, मठमन्दिर,पाटी,पौवा,ढुगेधारा देवल तथा पुरातात्विक स्थलहरुको संरक्षण र संवद्र्धन गरी पर्यछनको विकास गर्न कार्यक्रम निर्माण गरी कार्यान्वयन गरिनेछ ।
–ऐतिहासिक ,धार्मीक ,सांस्कृतिक प्राकृतिक आर्कषक क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने आवश्यक पुर्वाधार निर्माण गरिने छ ।
–गुराँस गाउँपालिका माथिल्लो कर्णाली जलविधुत आयोजनाको प्रभावित क्षेत्र भएकाले उक्त आयोजनावाट प्राप्त हुने सेवा सृुविधा जनताका प्रत्यक्ष सरोकारका विषयहरुमा लगानी गरिने छ ।
-गुराँस गाउँपालिकामा भएका आदिवासी जनजाति दलित र अल्पसंख्यक जातिहरुको भाषा ,साँस्कृतिको संरक्षण र सवद्र्धननका निम्ति विशेष कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।
–गरिव परिचय पत्रका आधारमा गरिवीको रेखामुनी रहेका मानिसहरुको जीवनस्तर उठाउन विभिन्न आयमुलक कार्यक्रमहरु सञ्चालन गरिने छन ।
-सरकारको निति अनुसार बैकबाट नै सामाजिक सुरक्षा भत्ता उपलव्ध गराँउदा बृद्ध अपाङ्गता भएका र पोषण भत्ता निल समस्या भएकोले आगामी निकासादेखीनै बैँकलाई वडाबाट सामाजिक सुरक्षा भत्ता विवरण गर्ने व्यवस्था गराइने छ।
–मालपोत कर व्यवस्थापन जिल्लास्थित कार्यालयहरुले निर्णय गरी दररेट निर्धारण गरिने प्रचलनभै कर असुलीमा केही समस्या भएकाले पालिकाको तर्फबाट छुटको व्यवस्था गरिने छ।
–पालिका विकास र समृद्धिका लागि टोल विकास समितिको माग अनुसार थप विकासका कामहरु गरिने छ।