काठमाडौं । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कुमारी कर्ण सवार गाडी आज बुधवार साँझ दुर्घटनामा परेको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ जोलहनिया पुल नजिक उनीसहित चार जना सवार ज१ झ ४०६ गाडी दुर्घटनामा परेको हो । सोही वडामा रहेको वरही विरपुर जाने क्रममा गाडी पल्टिएको कर्णका स्वकीय सचिव ध्रुवकुमार मण्डलले जानकारी दिए । उनका अनुसार दुर्घटनामा मन्त्री कर्ण छाती र हातमा चोट लागेर घाःइते भएकी छन् । उनलाई उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको छ । त्यसैगरी स्वकीय सचिव मण्डलको पनि हातमा चोट लागेको छ भने गाडीमा सवार जयप्रकाश चौधरी र प्रथम राम पनि समान्य घाइते भएका छन् ।

