युक्रेनबाट सेना फिर्ता गर्ने रुसको दाबी गलत : अमेरिका

कर्णाली अनलाइन ५ फाल्गुन २०७८, बिहीबार ०६:३०

एजेन्सी। अमेरिकाले रुस-युक्रेनको सीमा क्षेत्रमा तैनाथ रुसी सैनिकहरू फिर्ता बोलाउने रुसको दाबी गलत भएको बताएको छ। रुसले आफ्ना सेनाहरू फिर्ता बोलाउने भन्दै अरुको आँखामा छारो हालेर जुनसुकै बेला पनि युक्रेनमाथि आक्रमण गर्न सक्ने एक अमेरिकी अधिकारीले जनाएका छन्।

रुसले भने युक्रेनको सीमामा भइरहेको सैन्य अभ्यास सकिएकाले आफ्ना सेनाहरू फर्किने क्रम जारी रहेको बताएको छ। पश्चिमी देशहरूले भने रुसको यो दाबी पत्याउने गतिलो आधार नभएको आरोप लगाएका छन्। बुधबार भएको टेलिफोन वार्ताका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र जर्मन चान्सलर ओलफ स्कोलाज ‘सीमा क्षेत्रबाट रुस यथाशक्य छिटो हट्नुपर्ने’ विषयमा सहमत भएको जर्मन चान्सलरीलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

रुस-युक्रेन सीमानजिकै लाखौंको संख्यामा सैनिक तैनाथ गरे पनि रुसले युक्रेनमा हमला नगर्ने बताउँदै आएको छ। बुधबार रुसी रक्षा मन्त्रालयले हतियार बोकेका गाडीहरू क्रिमियाबाट मस्कोतर्फ फर्काएको भिडियोसमेत सार्वजनिक गरेको थियो।

तर‚ पछिल्ला केहि दिनयता रुसले हजारौंको संख्यामा सेनाहरू तैनाथ गरेको भन्दै सैनिक फिर्ता बोलाउनुको सट्टा झन् थपेको ह्वाइट हाउसका उच्च पदस्थ अधिकारीलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। युक्रेनमा पर्ने क्रिमियालाई सन् २०१४ मा रुसले आफ्नो देशमा गाभेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बलिउड अभिनेता सलमान खान नेपाल आउँदै

५ फाल्गुन २०७८, बिहीबार ०६:३०
काठमाडौं। बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। ओडिसी इन्टरटेन्मेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमानसहित अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिस, प्रभु देवालगायतका कलाकार नेपाल आउने भएका हुन्। ओडिसीकै आयोजनामा चार वर्षअघि दबंग रिलोडेड कार्यक्रम हुने भनिएको थियो। नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कार्यक्रममा अवरोध गर्ने धम्की दिएपछि उक्त कार्यक्रम […]