मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न

कर्णाली अनलाइन ६ बैशाख २०७९, मंगलवार ११:३८

सुर्खेत।मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । दोस्रो दीक्षान्त समारोहबाट पाँच सय १९ विद्यार्थीहरु दीक्षित भएका छन् । विश्वविद्यालयको केन्द्रिय कार्यालय वीरेन्द्रनगरमा मंगलबार आयोजना गरिएको समारोहमा दीक्षित हुन योग्य दुई हजार ८९ विद्यार्थी मध्य पाँच सय १९ विद्यार्थीहरु दीक्षित भएका हुन् ।

विश्वविद्यालयका उत्कृष्ट नौ जना विद्यार्थीले कुलपति र २० जना विद्यार्थीले उपकुलपति पदक प्राप्त गरेका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा संकायका कमला ज्ञवाली, विष्णा मगर र इसक घरे, मानविकि तथा समाजशास्त्र संकायका एश्वर्या कुमारी विष्ट, काव्या रिजाल र रदिप महर्जनलाई कुलपति पदक प्रदान गरे ।

यस्तै व्यवस्थापन संकायतर्फ यामकुमारी आचार्य, लक्ष्मी लामिछाने र अर्जुन कुमार चौधरीले पनि कुलपति पदक प्राप्त गरे । सुर्खेत उद्योग वाणिज्य संघ पदक पाँच जना विद्यार्थीहश्रले प्राप्त गरेका हुन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्द बहादुर सिंहका अनुसार शिक्षा संकायतर्फ ८५ विद्यार्थी, इन्जिनियरिङ्गतर्फ १४५ विद्यार्थी, मानविकितर्फ १५२ विद्यार्थी, व्यवस्थापनतर्फ १२२ विद्यार्थी, विज्ञान संकायतर्फ १५ जना र विद्यावारिधि (पिएचडी)तर्फ एक जना विद्यार्थी दीक्षित भएका छन् ।कार्यक्रममा सन् २०१४ का नोवेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी, कर्णाली प्रदेश मुख्यमन्त्री जीवनबहादुर शाही, मन्त्रीहरुलगायतको सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निलम्बित गभर्नरको रिटमाथि बहस सकियो, आजै आदेश आउने

६ बैशाख २०७९, मंगलवार ११:३८
काठमाडौँ।नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बहस सकिएको छ।मंगलबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ भएको हो। अधिकारीको तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, राधेश्याम अधिकारी, शम्भु थापा र हरिहर दाहालले बहस गरेका छन्। यस विषयमा आजै आदेश आउने सर्वोच्च स्रोतले जानकारी दियो। आफूमाथि अवैध […]