कञ्चनपुरको भीमदत्त नगरपालिकामा मेयरमा बोगटी र उपमेयरमा जोशी विजयी

कर्णाली अनलाइन ९ जेष्ठ २०७९, सोमबार ०४:२६

धनगढी।कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।नगरपालिकाको मेयरमा नेपाली कांग्रेस कञ्चनपुरको सभापतिसमेत रहेका पदम बोगटी निर्वाचित भएका हुन्।

उनी १५ हजार ८ सय ८२ मत प्राप्त गर्दै विजयी भएको नगरपालिकाका मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले ८१७९ मत प्राप्त गरेका छन्।

यस्तै, उपमेयरमा पनि कांग्रेसकै निलम जोशी निर्वाचित भएकी छिन्।उनले १२ हजार २ सय १६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इरानको सुरक्षा दस्ताका कर्णेलको हत्या

९ जेष्ठ २०७९, सोमबार ०४:२६
इरानको शक्तिशाली सुरक्षा दस्ता रेभलुसनरी गार्डस्का एक कर्णेलको हत्या भएको छ। गएराति राजधानी तेहरानमा रेभलुसनरी गार्डस्का कर्णेल सैयद खोदाइको हत्या भएको हो।घर अगाडि मोटरसाइकलमा सवार दुई व्यक्तिले खोदाइलाई पाँच पटक गोली प्रहार गरेको बताइएको छ। हत्याको जिम्मा कुनै समूहले लिएको छैन। हत्यामा संलग्नहरूको खोजी भइरहेको छ। इरानी अधिकारीले अमेरिका र […]