अभिनेता पल शाहबिरुद्ध तनहुँ प्रहरीले अनुसन्धान मिसिल बुझायो

कर्णाली अनलाइन ७ चैत्र २०७८, सोमबार १२:११

तनहुँ ।नाबालिग किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहको अनुसन्धान मिसिल प्रहरीले सरकारी वकिल कार्यालयमा सोमबार बुझाएको छ। सरकारी वकिलको कार्यालयले उक्त मिसिल अध्ययनपछि जिल्ला अदालतमा दर्ता गर्ने जानकारी दिएको छ।

यसअघि अभिनेता पल शाहबिरुद्ध पूर्व नवलपरासी जिल्ला अदालतमा बलात्कार आरोपमा अनुसन्धान मिसिल दर्ता भइसकेको छ।अभिनेता शाहले एक नाबालिग किशोरीलाई बिहे गर्छु भन्दै पटकपटक जबर्जस्ती करणी गरेको भन्दै ती किशोरीले तनहुँ जिल्ल प्रहरी कार्यालय र गैँडाकोट प्रहरीमा उजुरी दिएकी थिइन्।

नवलपुरमा दर्ता भएको मिसिलमा अभिनेता शाहले ती किशोरीमाथि बलात्कार गरेको पुष्टि भएको भन्दै १६ वर्ष सजाय दिन माग गरिएको छ।

फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेपछि पक्राउ पूर्जी जारी भएपछि अभिनेता पल शाह गत फागुन १५ गते प्रहरी नियन्त्रणमा पुगेका थिए। उनलाई ७ दिन, १२ दिन र ५ दिन गरी २४ दिन म्या थप गरी थुनामा राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विश्व पानी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

७ चैत्र २०७८, सोमबार १२:११
 सुर्खेंत।प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस मंगलबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको थियो । सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको […]