एमाले र राप्रपा नेपालबीच गठबन्धन, एउटै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने

कर्णाली अनलाइन ३० चैत्र २०७८, बुधबार ०९:२४

काठमाडौं।नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

बुधबार नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा दुई पार्टीबीच सहमतिपत्र आदानप्रदान भएको छ ।सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

हेर्नुहोस् सहमतिपत्र


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बुधबार शेयर बजार मापक नेप्से परिसूचक ३०.२४ अंकले बृद्धि

३० चैत्र २०७८, बुधबार ०९:२४
काठमाण्डाैं।बुधबार शेयर बजार मापक नेप्से परिसूचकमा बृद्धि भएको छ।नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ।जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ। आज कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड […]