ट्याङ्करको ठक्करले साइकलयात्रीको मृत्यु

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ०८:४३

चितवन।भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ ।भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार साइकललाई ठक्कर दिने ट्याङ्कर र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।मृतकको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाङमा जिप दुर्घटना, १३ जना घाइते

१५ बैशाख २०७९, बिहीबार ०८:४३
दाङ।यात्रुबहाक जिप दुर्घटनामा परेर दाङमा १३ जना घाइते भएका छन्।तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो। घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि […]