दाङमा जिप दुर्घटना, १३ जना घाइते

कर्णाली अनलाइन १५ बैशाख २०७९, बिहीबार ११:०३

दाङ।यात्रुबहाक जिप दुर्घटनामा परेर दाङमा १३ जना घाइते भएका छन्।तुलसीपुर उपमहानगरपालिका–३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो।

घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि कोहलपुर लगिएको छ। केही घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण

१५ बैशाख २०७९, बिहीबार ११:०३
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। बिहीबार १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २४९ जना सक्रिय संक्रमित रहेका […]