काठमाडौं।गृह मन्त्रालयले सोमबार पाँच जना वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपीको सरुवा गरेको छ।यसअघि काज सरुवा भएकासमेतलाई नियमित सरुवामार्फत औपचारिकता दिइएको छ।
काज सरुवाका लागि पत्र पठाइएको भनिएका काठमाडौं प्रहरी प्रमुख अशोक सिंहको नाम नियमित सरुवामा समावेश छैन।यसको मतलब काठमाडौं प्रहरी प्रमुखमा सिंह यथावत रहेका छन्। काठमाडौं प्रहरी प्रमुखमा सिंहको एक वर्ष कार्यकाल मंसिर पहिलो साता पुगेको थियो।
यसअघि गृह मन्त्रालयले काठमाडौं प्रहरी प्रमुखमा सुदिप गिरीको काज सरुवा गरेपनि प्रधान मन्त्री शेरबहादुर देउबाले रोकेका थिए। यहि कारण पछिल्लो समय एसएसपी सिंह र गृह मन्त्री बालकृष्ण खाँडबीचको सम्बन्ध चिसिएको बताइन्छ।गृह मन्त्रालयले हालै बढुवा भएका सात जना एसएसपीको पदस्थापन पनि गरेको छ।