अझै सुरु हुन सकेन नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनको मतदान

कर्णाली अनलाइन १८ मंसिर २०७८, शनिबार ०९:१३

सुर्खेत। जारी नेपाली काग्रेसको १४औँ महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश अधिवेशनको मतदान प्रक्रिया मतपत्र छपाइमा ढिलाइ हुँदा अझैँ सम्म सुरुवात हुन सकेको छैन ।मध्यान १२ बजेबाट तय गरिएको मतदान कार्य अहिलेसम्म सुरु हुन सकेको छैन ।सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाकक्षलाई अधिवेशनको मतदानस्थल निर्धारण गरिएको छ, जहाँ कांग्रेसका नेता तथा कार्यकर्ताहरु मतदानको प्रतिक्षामा रहेका छन्।

निर्वाचन अधिकृत अरुण पौडेलले मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान कार्य पछि सरेको जानकारी दिए। उनले मतपत्र छापेर आउनेबित्तिकै मतदान अघि बढाइने बताए।नेपाली कांग्रेसको पहिलो कर्णाली प्रदेश अधिवेशनमा ५१ पदका लागि १२४ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचनअन्तर्गत शनिबार बिहान ८ बजेसम्म उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ताको समय दिइएको थियो। उक्त प्रक्रियाले गर्दा मतपत्र छपाइमा ढिलाइ भएको निर्वाचन समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्रपा एकता महाधिवेशन नेतृत्व चयनका लागि मतदान सुरु

१८ मंसिर २०७८, शनिबार ०९:१३
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। आज बिहान ८ बजेबाट मतदान सुरु हुने भनिएपनि मतदान ढिला गरि सुरु भएको हो। निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेद्‌वारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए। राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा […]