शेयर बजार ६० अङ्कले बढ्यो, कारोबार रकममा पनि सुधार

कर्णाली अनलाइन २५ जेष्ठ २०७९, बुधबार ०९:४५

काठमाडौँ।केही दिनयता लगातार ओरालो लागेको शेयर बजार आज बुधवार भने ६० अङ्कभन्दा धेरैले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६० दशमलव २२ अङ्कले बढेर दुई हजार ८० दशमलव ४४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर आज बजार हरियो देखिएको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३१ वटा कम्पनीकाे ५० लाख पाँच हजार कित्ता शेयर एक अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको पाँच करोड १२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सामुदायिक लघुवित्त, उपकार लघुवित्त र बलेफी हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ । जम्मा सात वटा कम्पनीको शेयर मात्रै सामान्य घटेको छ ।पुँजी बजारको समस्या समाधान गर्न अर्थ मन्त्रालयले समिति गठन गरेको र धितोपत्र बोर्डको वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री लगायत सरोकारवालाले पुँजी बजारप्रति देखाएको चासो र घट्दै गएकोमा चिन्ता व्यक्त गरेकाले बजार बढेको विश्लेषकहरूले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा युवकमाथि धारिलो हतियार प्रहार

२५ जेष्ठ २०७९, बुधबार ०९:४५
सल्यान। सल्यानमा एक समूह युवकमाथि धारिलो हतियार प्रहार गरी फरार भएको छ।जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित मध्यपश्चिम होटलमा खाजा खाइरहेका शारदा नगरपालिका–२ जोगीदेउखोलाका १८ वर्षीय ओपेन्द्र केसीमाथि एक समूहले धारिलो हतियार प्रयोग गरी घाइते बनाएको हो। धारिलो हतियार प्रहार गर्ने सल्यान शारदा नगरपालिका–२ का १९ वर्षीय रूपेश बुढाथोकी, डाँडागाउँकै अन्दाजी १८ वर्षीय […]