सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थलको निर्माण गरिने,कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम

कर्णाली अनलाइन १५ जेष्ठ २०७९, आईतवार ११:४०

सुर्खेत। केन्द्र सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले गरेको बजेट भाषणमार्फत सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थलको निर्माण गरिने भएको छ ।

यस्तै, कर्णाली प्रदेशमा अर्थमन्त्री शर्माले कृषि क्षेत्र विकास कार्यक्रमका लागि सातै प्रदेशमा ५५ अर्व ९७ करोड बजेट छुट्टाएको बताए ।  सुर्खेतमा जटिबुडी प्रशोदन लागि उद्योगको स्थापना गर्ने, कर्णालीको फापर, कोदो, गहुँ, जौँको प्रशोदन , सुर्खेतमा रहेको बहुमुल्य पत्थरलाई सञ्चालनमा ल्याईने योजना बजेटमा समेटिएका छन् ।

मुगुमा पर्यटकिय क्षेत्र बनाउँनका लागि बजेटको आवश्यक बजेटको व्यवस्थापन गरिएको अर्थमन्त्री शर्माले बताए । मुगुको रारा, डोल्पा शेःफोक्शुन्डो, हुम्लाको लिमीलाई पर्यटकिय स्थलबनाउँनका लागि सडकबाटो मर्मतका लागि आवश्यक बजेटको व्यवस्थापन गरिएको बजेटमा समेटिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अब ६८ वर्षमै वृद्धभत्ता,पत्रकारलाई पाँच लाखसम्म सहुलियतपूर्ण ऋण

१५ जेष्ठ २०७९, आईतवार ११:४०
काठमाडौं ।सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् । यस्तै सरकारले पत्रकारलाई पाँच लाखसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत […]