होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह गरेको छ: मुख्यमन्त्री शाही

कर्णाली अनलाइन ३ चैत्र २०७८, बिहीबार १०:४०

सुर्खेत।कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वले सत्यको विजय हुने सन्देश प्रवाह तथा लोक संस्कृतिको प्रवद्र्धन गर्ने बताएका छन् ।फागु पूर्णिमा (होली पर्व) २०७८ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पु¥याउने बताएका हुन् । खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पु¥याउने उनको विश्वास छ ।

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा भनेका छन्, “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ।” यो पर्व हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा बिहीवार र तराईका जिल्लामा आज (शुक्रबार) मनाइँदैछ ।

कैदीबन्दीहरुको होली खेल्ने चाहना पूरा गर्नका लागि होली विशेष सामाग्री वितरण गरिएको क्लब जनाएको छ भने क्लबले यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ । यस्तै, क्लबले गत फागुन २६ गते पनि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सम्पन्न अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको अवसर पारेर खेलकुद सामग्री वितरण गरिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२४ घण्टामा २७ जनामा काेराेना सङ्क्रमण

३ चैत्र २०७८, बिहीबार १०:४०
काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २७ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ ।पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ४७ जनाको नमुना परीक्षण गर्दा २७ जनामा मात्रै सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज परीक्षण गरिएकामध्ये शून्य दशमलव ५६ प्रतिशतमा मात्रै सङ्क्रमण देखिएको हो […]