परराष्ट्रमन्त्री राणा चढेको जहाज काठमाडौँ ओर्लन नसकेपछि कोलकाता डाइभर्ट

कर्णाली अनलाइन १६ फाल्गुन २०८१, शुक्रबार १४:४८

काठमाडौँ।परराष्ट्रमन्त्री आरजु राणा चढेको कतार एयरलाइन्सको जहाज काठमाडौँ विमानस्थलको खराब मौसमका कारण ओर्लन नसकेपछि कोलकाता डाइभर्ट भएको छ।

दोहाबाट काठमाडौँतर्फ आइरहेको कतार एयरलाइन्सको जहाज कोलकाता ल्यान्ड भएको फ्लाइटराडारमा देखिएको छ। परराष्ट्रमन्त्री राणा सोही जहाजमा आइरहेकी थिइन्।

जहाज काठमाडौंमा ओर्लन धेरै प्रयास भए पनि सम्भव नभएपछि कोलकातातर्फ लगिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ।

परराष्ट्रमन्त्री राणा जेनेभामा भएको राष्ट्रसंघीय बैठकमा सहभागी भएर नेपाल फर्कदै थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१६ फाल्गुन २०८१, शुक्रबार १४:४८
काठमाडौँ।प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन्। कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कोलकाता डाइभर्ट गरिएको छ। त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट […]

सम्बन्धित शीर्षक