शिक्षा मन्त्रालयको निर्णय माघ १५ सम्म विद्यालय बन्द

कर्णाली अनलाइन २६ पुष २०७८, सोमबार ०७:२२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ल यदेशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र(सिसिएमसी)ले पछिल्लो समय कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए।

उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनका अनुसार भोलि(मंगलबार)बाट माघ १५ गते सम्म देशभरका विद्यालय बन्द हुने छन्।

सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यौन दुर्व्यवहार गरेको आरोपमा प्रिन्सिपल पक्राउ

२६ पुष २०७८, सोमबार ०७:२२
कञ्चनपुर : महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा भीमदत्त नगरपालिका-१६ मझगाउँस्थित रेटिना इन्टरनेशनल स्कुलका प्रिन्सिपल तिलक भट्ट पक्राउ परेका छन्। भट्टले जागिर लगाइदिने प्रलोभनमा पारी यौन दुर्व्यवहार महिलाले आरोप लगाएको प्रहरीले बताएको छ। पीडित महिलाको उजुरीका आधारमा भट्टलाई शनिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए। अदातलबाट […]