रेशम चौधरी शनिबार(भोलि) सुर्खेत आउँदै

कर्णाली अनलाइन ८ असार २०८०, शुक्रबार २१:४६

सुर्खेत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी शनिबार भोलि सुर्खेत आउने भएका छन् ।थारु कल्याणकारिणी परिषद् र नागरिक उन्मुक्ति पार्टीको संयुक्त आयोजनामा हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी सुर्खेत आउने भएका हुन् ।

चाैधरी शनिबार बिहान काठमाडौंबाट सुर्खेत विमानस्थल आउने छन् । वीरेन्द्रनगरस्थित शुभहोटलमा सामान्य भेटघाट गरी दिउँसोको कार्यक्रमलाई सम्बोधन गर्ने लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरीले जानकारी दिए ।

अभिनन्दन तथा समारोह कार्यक्रम वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा दिउँसो ३ बजेदेखि सुरु हुने मन्त्री चौधरीले जनाए । रेशमलाले टीकापुर घटनाको बारे जनता सामू स्पष्ट पार्ने कार्यक्रमको उद्देश्य रहेको छ ।टीकापुर घटनामा जन्मकैदको सजाय भोगिरहेका रेशमलाल जेठ १५ गते छुटेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गुराँस गाउँपालिकाको बजेट ६४ करोड माथि,शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकता

८ असार २०८०, शुक्रबार २१:४६
दैलेख। गुराँस गाउँपालिकाको १२ औं गाउँसभा शुक्रवार भएको छ। पालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको थियो। गाउँपालिका प्रमुख टोप बहादुर वि सीले नीति तथा कार्यक्रम र उपाध्यक्ष शिवा कुमारी खड्कालेले बजेट प्रस्तुत गरेकी थिइन। गाउँसभामा पालिका उपाध्यक्ष खड्काले आगामी आर्थिक वर्ष ०८०र०८१ का लागि […]