त्रिकोणात्मक टी-२० सिरिज : पीएनजी मलेसियासँग पनि पराजित

कर्णाली अनलाइन १५ चैत्र २०७८, मंगलवार ११:१४

काठमाडौं । मलेसियाले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) लाई ८ रनले पराजित गरेको छ ।१ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९.३ ओभरमा १ सय ७२ रनमा अल आउट भयो । टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८० रन बनाएको थियो ।

मलेसियाको लागि विरनदिप सिंहले अविजित ५९ रनको फराकिलो पारी खेले । कप्तान अहमद फेजले ३७ बलमा ५६ रन बनाएका हुन् । सैद अजिजले ४७ रन बनाएका हुन् । बलिङतर्फ पीएनजीका लागि नर्मन भनुअले २ विकेट लिएका हुन् । नोसैना पोकनाले १ विकेट लिएका थिए ।

पीएनजीका लागि टेनी उराले सर्वाधिक ५६ रन बनाएका थिए । त्यस्तै नर्मन भनुअले ४५ रन जोडेका हुन् । मलेसियाका लागि सर्विन मुआन्दीले सर्वाधिक ४, मोहम्मद वाफिक र पवनदीप सिंहले ३/३ विकेट लिए ।त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले हराएको थियो । नेपालले दोस्रो खेल बुधबार मलेसियासँग खेल्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल आयल निगमले इन्धनको खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव

१५ चैत्र २०७८, मंगलवार ११:१४
काठमाडौँ।नेपाल आयल निगमले इन्धनको खपत घटाउन शनिबारसँगै आइतबार पनि सार्वजनिक बिदाको प्रस्ताव गरेको छ।नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० बुँदे प्रस्ताव पठाउँदै आइतबार पनि बिदा थप्न सुझाव दिएको हो। बिदाका कारण सवारीसाधनको सञ्चालन कम भई तेलको खपत घट्ने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन्। निगमले निजी […]