‘एसपिपीबारे सम्झौता भएको छैन, गर्न पनि हुँदैन’-नेपाली सेना

कर्णाली अनलाइन २ असार २०७९, बिहीबार ०६:५८

काठमाडौँ।नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कुनै सम्झौता वा समझदारी नभएको र भविष्यमा पनि त्यस्तो सम्झौता गर्न कुनै प्रक्रिया नभएको स्पष्ट पारेको छ।

विवादास्पद एसपिपी सम्झौताबारे संसद र सडकमा विरोध हुनुका साथै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुसँग नै प्रधानमन्त्री शेरबहादुर देउवाले हस्ताक्षर नगर्ने वचनबद्धता व्यक्त गरेकै बेला नेपाली सेनाले पनि एसपिपीबारे प्रस्टोक्ति दिएको हो।

सेनाले बुधबार एक विज्ञप्ति जारी गर्दै विगत लामो समयदेखि नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको सहयोग र सहकार्य सन्दर्भमा विभिन्न सञ्चारमाध्यमहरुमा चर्चामा आएको एसपिपी सम्बन्धी समाचारहरुमा नेपाली सेनाको ध्यानाकर्षण भएको उल्लेख गर्दै यससम्बन्धी कुनै सम्झौता वा समझदारी नेपाली सेनाले नगरेको स्पष्ट पारेको छ। सेनाले ‘एसपिपीसम्बन्धी कुनै सम्झौता वा समझदारी अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रिया समेत नभएको’ उल्लेख गरेको छ।

सेनाले नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनीतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थमा सदैव प्रष्ट र सचेत रहेको उल्लेख गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोडको बजेट

२ असार २०७९, बिहीबार ०६:५८
सुर्खेत।कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार बजेट ल्याएको छ।बुधबार प्रदेश सरकारका अर्थमन्त्री विन्दमान विष्टले चालु आर्थिक वर्षको तुलनामा झण्डै ४ अर्ब कमको बजेट प्रस्तुत गरेका हुन्। जसमध्ये पुँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लदाख २४ हजार अर्थात् ५९ दशमलव […]