स्थानीय तह निर्वाचन:एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी

कर्णाली अनलाइन २७ चैत्र २०७८, आईतवार १०:५८

काठमाडौँ।नेकपा (एकीकृत समाजवादी) पार्टीले पालिका चुनावका लागि उम्मेदवारको मापदण्ड र नेताहरूको जिम्मेवारी तोकेको छ । आज आइतवार बसेको सचिवालयको बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि मापदण्ड र नेताहरूको जिम्मेवारी टुङ्गो लगाएको हो ।

पालिकाको उम्मेदवार छनोट गर्दा पार्टीका नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीलाई योगदान गरेको र विद्रोहमा भूमिका खेलेकोलाई प्राथमिकता दिइने बैठकको निर्णय छ । यस्तै निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो र नागरिकमा स्थापित एवम् लोकप्रिय हुनुपर्नेछ ।

बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक सय ११ सदस्यीय चुनाव परिचालन कमिटी पनि गठन गरेको छ । यस्तै बैठकले महासचिव बेदुराम भुसालको संयोजकत्वमा चुनाव परिचालन केन्द्रीय सचिवालय गठन गरेको छ । सचिवालयमा प्रकाश ज्वाला, गङ्गालाल तुलाधर, विजय पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सन्जेल, सूर्य खी र द्रोणाचार्य क्षेत्री सदस्य रहेका रहनुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

'उद्योगी, व्यवसायीहरुलाई सधैँ प्रोत्साहित गर्ने नीति लिनुपर्नेमा' सभामुख सापकोटाको जोड

२७ चैत्र २०७८, आईतवार १०:५८
काठमाडौँ।सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई सधैँ प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गरेका छन्।सभामुख सापकोटाले कुनै पनि राज्य व्यवसायबाट उन्नति र प्रगतिमा मात्रै जाने गरेको उल्लेख गर्दै राज्यले उनीहरुलाई सधैं प्रोत्साहित गर्ने नीति लिनुपर्ने स्पष्ट पारे। नेपाल चेम्बर अफ कमर्शले आइतबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले सबैलाई […]