कालिकोटमा मिनि बस कर्णाली नदीमा खस्यो , एक बेपत्ता

कर्णाली अनलाइन २० चैत्र २०७८, आईतवार १०:२७

सुर्खेत । कालिकोटमा मिनि बस कर्णाली नदीमा खसेको छ । कर्णाली करीडोरको जितेगडा–कोल्टी सडक खण्डको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइचेचाङ–खोली बजारवीचमा दिउँसो साढे दुई बजेतिर मिनीबस नदीमा खसेको हो ।

बसमा कति जना यात्रु थिए भन्ने खुलेको छैन् । घटना थाहा पाए लगत्तै प्रहरी घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय पचालझरना ले जनाएको छ।दुर्घटनामा परेका सवारी चालक दैलेख घर भएका कृष्ण शाही पौडी खेलेर बाचेपनि सहचालक नदीमा बेपत्ता रहेको इलाका प्रहरी कार्यालय पचालझरना ले जनाएको छ ।

उनकाअनुसार बस नम्बर खुलेको छैन् । जितेबाट पचालझरनाकै जारकोट जाँदै गरेको मिनीबस सडकबाट अन्दाजी ३० मिटर तल नदीमा खसेको स्थानीय बताउँछन् । कालिकोट प्रहरीले घटनास्थलमा प्रहरी पुगिसकेकाले विस्तृत विवरण केही बेरमा थाहा हुने जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दैलेखमा हँसिया प्रहारबाट दुई घाइते

२० चैत्र २०७८, आईतवार १०:२७
सुर्खेत । दैलेखमा धारिलो घरेलु हतियार (हँसिया)को प्रहारबाट दुई जना घाइते भएका छन् । डुङ्गेश्वर गाउँपालिका–५ पाङकोटका २५ वर्षीय गोपाल सार्कीले हतियार प्रहार गर्दा उक्त वडाका दुई जनालाई घाइते बनाएका हुन् । प्रहरीले मादक पदार्थ सेवनगरी वादविवाद हुँदा शनिबार राती ९ बजेको समयमा गोपालले २४ वर्षीय गगन सार्की र २९ वर्षीय […]