बागमती प्रदेशको मुख्यमन्त्री पाण्डेले आज ५ जना मन्त्री थप्दै

कर्णाली अनलाइन ९ पुष २०७८, शुक्रबार ०५:५७

हेटौंडा ।बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्।मुख्यमन्त्री पाण्डेले आज नेपाली काङ्ग्रेसको ५ जनालाई सरकारमा लैजाने तयारी गरेका हुन्। पाण्डेले शुक्रबार ३ जना फुल मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गर्न लागेको बुझिएको छ। यसअघि तेस्रो पटक भएको मन्त्रिपरिषद विस्तार काङ्ग्रेस पार्टीको महाधिवेशनको कारण सहभागी भएको थिएन। त्यसैले पाण्डेले आज काङ्ग्रेसलाई मात्रै समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका हुन्।

आज उनले काङ्ग्रेसको भागमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय , संस्कृति तथा पर्यटन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागेको स्रोतले बताएको छ।

यी मन्त्रालयहरूमा को–को मन्त्री बन्दैछन् भन्नेबारे टुंगो लागिसकेको छैन। काङ्ग्रेस संसदीय दलको नेता इन्द्रबहादुर बानियाँ हेटौंडा बाहिर भएकोले मन्त्री बन्नेहरूको नाम भने अहिलेसम्म टुंगो नलागेको स्रोतले बतायो। स्रोतको अनुसार बानियाँले आजै दिउसो हेटौंडा आएर मन्त्रीको टुंगो लगाउने छन्।

काङ्ग्रेसले पाउने भौतिक पुर्वाधार विकास राज्यमन्त्रीमा भने मकवानपुरको सन्तबहादुर प्रजा हुने पक्का भइसकेको छ। त्यस्तैगरी अर्को एउटा राज्यमन्त्रीमा रजनी जोन्छे अमात्य वा कल्पना नेपालीमध्ये एकजना हुनेछन्। अन्य ३ जना फुल मन्त्रीको भने टुंगो लागेको छैन।

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलमा भागवण्डा मिलाउन यसअघि नै ८ मन्त्रालयलाई विभाजन गरेर १४ पुर्याएका छन्। हाल प्रदेशमा ११ फुल मन्त्री र एकजना राज्यमन्त्रीसहित १२ जना सरकारमा छन्। जसमा काङ्ग्रेसको २ जना सरकारमा छन्। आज पाँच मन्त्री थपिएसँगै बागमती प्रदेशमा १७ जना मन्त्री हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि हलमा ३ नयाँ फिल्म

९ पुष २०७८, शुक्रबार ०५:५७
काठमाडौं । शुक्रबार (आज) देखि तीन वटा फिल्मले एकसाथ प्रदर्शन सुरु गर्दैछन्।नेपाली फिल्म ‘चुरीफुरी’, बलिउड फिल्म ‘अतरंगी रे’ र हलिउड फिल्म ‘म्याट्रिक्सः द रिसरेक्सन’ले एकसाथ प्रदर्शन थालेका हुन्। तीन वटा नयाँ फिल्म आए पनि हलमा दबदबा भने गत सातादेखि प्रदर्शन थालेका ‘स्पाइडर म्यानः नो वे होम’ र ‘पुष्पा: द राइज’ कै […]