गुल्मी। गुल्मीमा गाई काट्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्लाको मालिका गाउँपालिका वडा नम्वर २ मा गाई काट्दै गरेका २२ वर्षीय रमेश विक, २८ वर्षीय महलाल विक, ६१ वर्षीय टोपबहादुर रसाइली र ३५ वर्षीय तारा विकलाई शुक्रबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
गाई काट्दै गरेको गोप्य सूचनाको आधारमा पौदी अमराई चौकीको टोलीले उनीहरुलाई पक्राउ गरी जिल्लामा ल्याइएको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए।
उनीहरुलाई मुलुकी अपराध संहिताको दफा २८९ अनुसार पशुपंक्षी सम्बन्धी कसुरको मुद्दा चलाउने तयारी भइरहेको खरेलले बताए।यस क्षेत्रमा पहिलेदेखि नै गाई काट्ने गरेका घटनाहरु सार्वजनिक हुने गरेका थिए।