इनार सफा गर्ने क्रममा डुबेर एकको मृत्यु

कर्णाली अनलाइन १४ असार २०७९, मंगलवार १६:०५

सुर्खेत । जिल्लाको भेरीगंगा नगरपालिका–४ का एक पुरुषको इनारमा डुबेर मृत्यु भएको छ । मंगलबार भेरीगंगा–१० तोलिखोलामा इनार सफा गर्नेक्रममा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार मृत्यु हुनेमा भेरीगंगा–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् । प्रहरीकाअनुसार बिहान ८ बजेको समयमा इनार सफा गर्दा डुबेका यामबहादुरको बिहान ११ बजे मृत अवस्थामा इनारबाट शव निकालिएको हो ।

यामबहादुरको उद्धार सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले गरेको रक्तकाली गण बाङ्गेसिमलका एसपी विमल डाङ्गिले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतसहित विभिन्न जिल्लामा सतर्कता अपनाउन अनुरोध

१४ असार २०७९, मंगलवार १६:०५
सुर्खेत।  देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ। पछिल्लो ३ घण्टा काठमाडौं, कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही र आसपास धेरै स्थानमा ठूलो वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। यी स्थानमा थप वर्षा हुने सम्भावना भएकाले […]